काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयनपत्र दर्ताको समय सारिएको छ ।
मनोनयनपत्र दर्ता अब मंगलबार बेलुका साढे ६ बजेदेखि गरिने निर्वाचन समितिले जनाएको छ ।
मनोनयनपत्र दर्ताका निम्ति यसअघि यसै दिन दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो ।
पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्षले विशेष महाधिवेशन स्वीकार गरेको छैन ।



FACEBOOK COMMENTS