काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोकेको छ । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रक्रियाको पुनार्मुल्यांकन गर्न भन्दै जनवरी २१ देखि लागु हुने गरि भिसा प्रक्रिया रोकेको जानकारी दिएको छ ।
यो प्रक्रिया जनवरी २१ बाट सुरु हुनेछ र विभागले आप्रवासी भिसा सम्बन्धि विद्यमान नियमको पुनर्मूल्यांकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहने बताइएको छ ।
विदेश मन्त्रालयले यी ७५ देशहरूबाट आप्रवासन रोक्न र कल्याणकारी र सार्वजनिक लाभ लिने विदेशी नागरिकहरूको प्रवेश रोक्न आप्रवासन प्रक्रियाहरूको पुनर्मूल्याङ्कन गर्ने बताएको छ ।
भिसा प्रक्रिया रोकिएका देशमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, आइभरीकोष्ट, क्युबा, कंगो प्रजातान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन रहेका छन् ।
काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, रूस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन समावेश छन् ।


FACEBOOK COMMENTS