काठमाडौँ । कांग्रेस नेता मीन विश्वकर्माले प्रतिनिधिसभा प्रत्यक्षतर्फका टिकटमा सभापति गगन थापाको हस्ताक्षर हुने भन्दै सहमतिमा उम्मेदवार चयन गर्नुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत आइतबार विश्वकर्मा थापाको पक्षमा खुलेका हुन् ।
उनले भनेका छन्, ‘हिजो भदौ २४ को उपचार फागुन २१ को निर्वाचन हुनसक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ । हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नु भयो, बाँकीमा अब गगन थापाले गर्नुहुन्छ । सबैको सहमतिमा ऊम्मेद्वार चयन गरौ । उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔं । यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिल्यै बस्नुतस् । घेराबन्दीबाट बाहिर आउनुहोस र निर्णय गर्नुहोस ।’
उनले देउवा पक्षबाट सर्वोच्च अदालतमा रिट दायर भएको अवस्थामा अब झगडा अदालतले नै टुंगाउने बताउदै परिणाम जे आएपनि मान्न तयार बन्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘वीपी, सूवर्ण, गणेशमान, किसूनजीले बनाएको, गिरीजाप्रसाद, सुशील र शेरवहादुरले हाकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन ुहिजो पनि रूख, आज पनि रूख, भोली पनि रूखु भोट के मा रूखमा १ नेपाली कांग्रेस जिन्दावाद !!’
FACEBOOK COMMENTS