काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा न्यूजील्याण्डले भारतलाई ४१ रनले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको भारतले ४६ ओभरमा अल आउट हुदै २९६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १२४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नितिश कुमार रेड्डीले ५३ र हर्षित रानाले ५२ रन बनाएका थिए ।
त्यस्तै न्यूजील्याण्डका बलर ज्याक फोउलकेस र क्रिस्टियन क्लार्कले ३-३ र जयडेन लेनोक्सले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले १३७ रन बनाए भने ग्लेन फिलिपले १०६ रनको शतकीय पारी खेलेका थिए ।
योसहित न्यूजील्याण्डले एकदिवसीय २-१ ले जितेको छ । सिरिजको पहिलो खेल हारेको न्यूजील्याण्डले त्यसपछिका लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।


FACEBOOK COMMENTS