काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म बैंकको सञ्चालन नाफा ५६ करोड ७२ लाख रुपैयाँ रहेको छ । यस्तो नाफा गत गत आवको सोही अवधिको तुलनामा २०.९१ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ११.१८ प्रतिशतले धेरै हो ।
बैंकको वितरणयोग्य नाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १५.३२ प्रतिशत छ ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ छ ।

पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.४३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ छ ।

FACEBOOK COMMENTS