काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ ।
पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् । ‘अहिलेसम्म कतैको पनि उम्मेदवार फाइनल भएको छैन ।
केही बेरमा टुंग्याउन संसदीय बोर्डको बैठक बस्दैछौँ,’ सहमहामन्त्री डा. संग्रौलाले भनिन्, ‘सबैलाई मिलाएर उम्मेदवारको टिकट वितरण गर्ने प्रयास भएकाले केही ढिलो भएको हो । अब मिलाउँछौँ ।’
उनले निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको जानकारी दिइन् ।
FACEBOOK COMMENTS