काठमाडौँ । नेपाली कांग्रेसका नेता अबुल हुसेन अन्सारीले पार्टी छोडेर नेकपा एमाले प्रवेश गरेका छन् ।
अन्सारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । उनले काँग्रेसले विपिको सिद्धान्त भुल्दै गएको भन्दै भारी मनका साथ काँग्रेस छोडेको बताएका छन् ।
उनले भनेका छन्– ’कांग्रेसभित्रको किचलो र स्वार्थ केन्द्रित राजनीतिले मलाई विछिप्त तुल्याएको छ। कांग्रेस लोकतन्त्रको मर्म र बिपीको शिद्धान्त भुल्दै गएको भान मलाई भएको छ। त्यसैले आज म ठूलो दु:खका साथ भारी मन पारेर नेपाली कांग्रेस त्यागेको घोषणा गर्दछु ।
हामीले सुनसरीमा सधैँ आगन्तुकहरूलाई नेता मान्यौं। पार्टीमा हाम्रो योगदानको कहिले उचित मूल्यांकन भएन । त्यो कुराले मेरो मन सधैँ विझाइरहन्छ। त्यसैले यस पटकको निर्वाचनमा म नेकपा एमाले प्रवेश गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर– ४ चुनाव लड्ने घोषणासमेत गर्दछु ।’
FACEBOOK COMMENTS