जनकपुरधाम । मधेस प्रदेशसभाका पूर्वसभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् ।
सोमबार उनले प्रदेशसभा सचिवालयमा राजीनामापत्र पठाएका हुन् ।
उनी धनुषा निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
अब उनी एमालेबाटै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धाको तयारीमा छन् ।
प्रदेशसभाबाट उनलाई पदीय आचरणविपरीतको प्रस्ताव पारित गर्दै सभामुखबाट हटाइएको थियो ।

पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा
जनकपुरधाम । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । सोमबार उनले प्रदेशसभाका सभामुख रामअशीष यादवलाई राजीनामापत्र बुझाएका हुन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वाभिमान पार्टीबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

उनी जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए ।

FACEBOOK COMMENTS