काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ ३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ ३ को टिकट पाएका हुन् ।
विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नुपर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।
FACEBOOK COMMENTS