काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ ।
एन्फाको निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले माघ २८ गतेका लागि तोकिएको एन्फाको निर्वाचन उच्च अदालत पाटनको माघ ४ गतेको आदेश अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन विपरित एन्फा निर्वाचन प्रक्रियामा गएपछि विवाद बढेको छ । एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका थिए ।
एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो । यसअघि राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । राखेपको निर्देशन विपरित एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले उच्च अदालतमा रिट दायर गरेका थिए ।
FACEBOOK COMMENTS