काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान प्राविधिक गडबडीका कारण हवाई अड्डामा फर्कन बाध्य भएको छ ।
ट्रम्प विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्याण्डको डाभोस जानेक्रममा विमानमा प्राविधिक समस्या आएको बताइएको छ ।
ह्वाइट हाउसले ट्रम्पको विमान स्विट्जरल्याण्डको लागि उडान भरेको केही समयपछि हवाई अड्डामा फर्किएको बताएको छ ।
ट्रम्प र उनको टोली अब अर्को विमानमा चढ्ने र डाभोसमा हुने विश्व आर्थिक मञ्चको यात्रा जारी राख्ने बताइएको छ । ह्वाइट हाउसले एउटा सानो विद्युतीय समस्याले एअर फोर्स वनलाई वाशिंगटन फर्कन बाध्य पारेको पुष्टि गरेको छ ।
FACEBOOK COMMENTS