नवलपरासी । पूर्वी नवलपरासी–१ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरे कायम भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले काँग्रेसबाट घिमिरे उम्मेदवार कायम भएको निर्णय गरेका हुन् ।
यस क्षेत्रमा घिमिरे र महासमिति सदस्य गजेन्द्रबहादुर आलेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको पत्र ल्याएर आ–आफ्नो उम्मेदवारी दर्ता गराएपछि विवाद भएको थियो ।
घिमिरे काँग्रेसमा विशेष महाधिवेशनको पक्षधर र कांग्रेसका जिल्ला उपसभापतिसमेत हुन् ।
FACEBOOK COMMENTS