काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जील्लाकोरौतामाई नगरपालिका वड़ा न. ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका वड़ा न. ७ का अधक्ष्य मनोज कुमार राणा मगर को प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने गाईघाट शाखा प्रमुख धन बहादुर कटूवालले गरेका थिए ।
कार्यालयका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, प्रतिनिधि तथा अगूवा कृषकहरु गरीजम्मा ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीकाकृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावीसमबन्धमा आवश्यक महत्वपूर्ण जानकारी गराएका थिए ।
हाल एलबीईएफले सूचना प्रविधि, व्यवस्थापन तथा सम्बन्धित क्षेत्रमा उच्चशिक्षा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति, उद्योगसँग सम्बन्धित तालिम, तथा वेबमार्फत शतप्रतिशत इन्टर्नशिप सम्भावना प्रदान गर्ने उद्देश्यले विभिन्न पहलहरू अघि बढाइरहेको छ।
FACEBOOK COMMENTS