काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका सबै कार्यालयका कर्मचारीहरूले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् ।
“सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस”को अवसरमा बैंकका कर्मचारीले यस्तो प्रतिज्ञा गरेका हुन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका हुन्।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनी बज्राचार्यलगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।
नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो ।

FACEBOOK COMMENTS