काठमाडौं । नबिल बबैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा बैंकले ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको छ । यस्तै इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । जसले नाफा बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतलजे बढेर ८ अर्ब ८ करोड ७२ लाख रहेको छ । यस्तै सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ ।
३२ अर्ब ५ करोड ६९ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड १० लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख कर्जा लगानी गरेको छ ।
यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ ।
बैंकको खराब कर्जा ४.९३ प्रतिशतबाट ४.२५ प्रतिशत रहेको छ ।

FACEBOOK COMMENTS