काठमाडौं । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका २०० भन्दा बढी युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरू आज नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गरे ।
पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै पालिका २०० बढि युवाहरुलाई आज पार्टी संयोजक प्रचण्डले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा प्रवेश गर्ने युवाहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा एमाले तथा नेपाली काँग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भए ।
पार्टी प्रवेश गर्नेहरूमा भुजन गुरुङ, रोनिस बराम, दीपक तामाङ, इन्द्रबहादुर गुरुङ, सुपेन्द्र गुरुङ, सञ्जीव गुरु, टेकबहादुर बराम, गणेश बरामलगायत २०० जना युवाहरु रहेका छन् ।

FACEBOOK COMMENTS