काठमाडौं । सौन्दर्य क्षेत्रमा सिप, अनुशासन र लामो अनुभवलाई प्राथमिकता दिँदै निलु लामाले नयाँ युनिसेक्स पार्लर ‘निलु ग्लाम एण्ड रि–ट्रिट’ सञ्चालनमा ल्याएकी छिन् ।
बौद्धस्थित तीनचुलीमा सञ्चालन गरिएको उक्त लेडज एण्ड जेन्ट्स पार्लरको उद्घाटन हिजो सोमबार वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले गरिन् । उद्घाटन कार्यक्रममा नेपालको नम्बर वान युनिसेक्स पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेकी महराले निलुको मेहनत र धैर्यताको उच्च प्रशंसा गरिन् ।
‘धेरैले तालिम लिनेबित्तिकै पार्लर खोल्न खोज्छन् । त्यसो गर्दा धेरै पक्षको प्रयोगात्मक ज्ञान र अनुभवको कमी देखिन्छ,’ सौन्दर्यविद् महराले भनिन्, ‘सिप सिकिसकेपछि केही समय कुनै पार्लरमा काम गरेर अनुभव प्राप्त गरी अनि मात्रै पार्लर सञ्चालन गर्दा सेवाको गुणस्तर र ग्राहकको विश्वास दुवै कायम हुन्छ । निलुले फेसियल हाउसमै सिकेर, इन्टर्न गरेर र लामो समय काम गरेर दक्ष बनेपछि मात्रै पार्लर सुरू गरेकी छिन्, जसले ग्राहकलाई सन्तुष्ट सेवा दिन सक्छिन् ।’

महराले निलुले दक्ष भएर ब्युटी पार्लर सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धेरै–धेरै बधाई तथा सफलताको शुभकामना पनि दिइन् । आफूमा भएको मेहनत र धैर्यतालाई कायम राख्दै अघि बढ्न उनले सुझाव समेत दिएकी छिन् ।

निलु फेसियल हाउसकी विद्यार्थी हुन् । उनले फेसियल हाउसबाट सौन्दर्यसम्बन्धी औपचारिक तालिम लिई, त्यही संस्थामा इन्टर्नशिप तथा लामो समयसम्म काम गर्दै व्यावहारिक अनुभव हासिल गरेपछि मात्रै आफ्नै लेडिज एण्ड जेन्ट्स पार्लर सञ्चालनमा ल्याएकी हुन् । तालिमसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिनुले आफूलाई पेशागत रूपमा दक्ष बनाएको उनको भनाइ छ ।

फेसियल हाउसले सञ्चालन गरेको ब्युटी एकेडेमी सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्था हो, जहाँबाट हालसम्म हजारौँले सौन्दर्यसम्बन्धी सिप हासिल गरी स्वदेशमै रोजगारी तथा स्वरोजगारमा आबद्ध भएका छन् । कतिपयले वैदेशिक रोजगारीमा समेत राम्रो अवसर पाउँदै आएका छन् ।



ब्युटी उद्योग पछिल्लो समय रोजगारी सिर्जना, महिला उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारको महत्वपूर्ण माध्यमका रूपमा विकास हुँदै गएको छ । छालाको प्रकार अनुसारको उपचार, आधुनिक सौन्दर्य प्रविधिको प्रयोग, सरसफाइ र ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्ने दक्ष ब्युटिसियनको माग बढ्दो छ ।

अनुभव, सिप र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर सुरू गरिएको ‘निलु ग्लाम एण्ड रि–ट्रिट’ युनिसेक्स पार्लरले स्थानीय क्षेत्रमा गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।


FACEBOOK COMMENTS