काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेलमा नेपालले युएईलाई पराजित गरेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि आरिफ सेखले सर्बाधिक ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १६, आसिफ सेख र कुशल भुर्तेलले ८-८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । युएईका लागि सोहैब खानले सर्बाधिक ३६ रन बनाएका थिए भने हर्षित कौशिकले ३५ रन बनाएका थिए । त्यस्तै आर्यांश शर्माले २५ रन बनाएका थिए भने मुहमद जोहैबले १९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

यसपछि नेपालले अर्को वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ ।

FACEBOOK COMMENTS