काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईसीसी यू–१९ विश्वकप जित्ने टिम इन्डियाका खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीलाई ७.५ करोड भारु पुरस्कारको घोषणा गरेको छ ।
पुरस्कारको घोषणा गर्दै बोर्डका सचिव देवजित सैकियाले भनेका छन्– ’हाम्रो अन्डर–१९ टोलीले हरारेमा इङ्गल्याण्डलाई हराएको तरिकाबाट बीसीसीआई र सम्पूर्ण देश धेरै खुसी छ । टोली प्रतियोगितामा एक पनि खेल नहारी च्याम्पियन बन्यो ।’
सैकियाले टोलीको प्रदर्शनको सम्मानमा बीसीसीआईले ७.५ करोड पुरस्कार घोषणा गरेको बताए । यो रकम टिमका खेलाडी, प्रशिक्षण टिम र अन्य सपोर्ट स्टाफबीच बाडिने भएको छ ।
भारतको यू–१९ टिमले शुक्रबार सम्पन्न फाइनल खेलमा इङल्याण्डलाई पराजित गर्दै छैटौं पटक विश्वकप उपाधि जितेको थियो ।
FACEBOOK COMMENTS