काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स ब्युटि सलुन फेसियल हाउसले यो वर्षको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
फेसियल हाउस एकेडेमीबाट विशेष योग्यता हासिल गरेका विद्यार्थीहरूको बीचमा हिजो शनिबार उक्त समारोह आयोजना गरिएको थियो । यस वर्ष फेसियल हाउस एकेडेमीले विभिन्न तहमा करिब २०० जनालाई सौन्दर्य सिप प्रदान गरेको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनप्राप्त फेसिल हाउस एकेडेमीले ‘बेसिक’देखि ‘डिप्लोमा’ तथा ‘मास्टर्स लेभल’सम्मका कक्षाहरू सञ्चालन गरी हरेक वर्ष करिब २०० जनालाई सिपमुलक तालिम प्रदान गर्दै आएको छ । साथै, फेसियल हाउसले अन्य विभिन्न कोर्षमा आधारित अतिरिक्त विशेष कक्षाहरू समेत सञ्चालन गर्दै आएको छ ।
‘फेसियल हाउसमा तालिमपछि विद्यार्थीहरूलाई तीन महिनाको अनिवार्य इन्टर्नसिप गराइने व्यवस्था रहेको छ । जसले सैद्धान्तिक ज्ञान र सिप आर्जन गरेका विद्यार्थीहरूलाई व्यावहारिक रूपमा दक्ष बनाउन भूमिका खेल्दै आएको छ,’ वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले भनिन् । उनका अनुसार व्युटि पार्लर व्यवसाय सञ्चालन गरिरहेकाहरू समेत फेसियल हाउसको विशेष कक्षाहरूमा सहभागि हुने गरेका छन् ।



दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक महराले सौन्दर्यकला व्यवसायको क्षेत्रमा केही अस्वस्थ प्रतिस्पर्धाहरू देखिन थालेको चर्चा गर्दै त्यसो नगर्न आग्रह गरेकी छिन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायको मर्यादा र विश्वासमा आँच पुर्याउने उनको भनाइ छ ।

‘पछिल्लो समय नेपालमा ब्युटी पार्लर खोल्ने होडबाजी बढ्दै गएको छ । होडबाजीका कारण केही नकारात्मक प्रवृत्तिहरू देखिन थालेका छन् । विशेषगरी अर्को पार्लरको स्टाफ चोर्ने चलन बढेको छ, जसले हामीबीच अस्वस्थ प्रतिस्पर्धा बढाउनाका साथै व्यवसायको मर्यादा र विश्वासमा आँच पुर्याउँछ,’ उनले भनिन्, ‘यदि कसैलाई दक्ष ब्युटिसियन आवश्यक परेमा सिधै फेसियल हाउससँग सम्पर्क गर्न अनुरोध गर्दछु ।’



महराले फेसियल हाउसले सधैं आफ्ना ब्युटिसियन तथा प्रशिक्षार्थीहरूलाई पहिलो प्राथमिकतामा राख्दै आएको बताइन् । आफूहरूलाई आवश्यक परेमा सूचना जारी गरेर मात्र आवश्यक कर्मचारी लिने नीति अवलम्बन गरिएको उल्लेख गर्दै अन्य संस्थाहरूलाई पनि त्यही अभ्यास गर्न महराको सुझाव छ । कोर्ष सम्पन्न भइसकेपछि पनि भरपर्दो इन्टर्नसिपमार्फत दक्ष जनशक्ति तयार पारिने भएकाले आवश्यक परेको खण्डमा फेसियल हाउससँग समन्वय गर्दा सहज हुने पनि उनले बताइन् ।
फेसियल हाउसले हरेक वर्ष करिब २०० जनालाई यस्तो सिपमुलक तालिम प्रदान गरी दीक्षित गर्दै आएको छ । हालसम्म हजारौँले सौन्दर्यसम्बन्धी सिप हासिल गरी स्वदेशमै रोजगारी तथा स्वरोजगारमा आबद्ध भएका छन् । कतिपयले वैदेशिक रोजगारीमा समेत राम्रो अवसर पाउँदै आएका छन् ।

वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जन्माएर हुर्काएको फेसियल हाउसमा उनको २८ वर्षदेखिको निरन्तरता र समर्पणको सुगन्ध छ । फलस्वरुप देशकै नम्बर वान ब्राण्ड बनेको फेसियल हाउस वयस्क बनेसँगै रोजगारी सृजना, प्राविधिक शिक्षा प्रदान, आत्मनिर्भरता र महिला सशक्तिकरणको पर्याय समेत बनेको छ ।
काठमाडौंको सुन्धारास्थिति काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ । उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरेको छ ।



FACEBOOK COMMENTS