काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नेपालको पर्वतारोहण र लैङ्गिक अल्पसङ्ख्यक समुदायको इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी नीलम पौडेललाई फेसियल हाउसले बधाई ज्ञापन गरेको छ ।
यही जेठ ९ गते (गत मे २३, २०२६) का दिन उनले सफलतापूर्वक सगरमाथाको चुचुरो चुमेकी थिइन् । यस कीर्तिमानी आरोहणसँगै निलम नेपालको लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीक्यू) समुदायबाट सगरमाथाको शिखरमा पुग्ने पहिलो ट्रान्स महिला बनेकी छिन् ।
लामो समयदेखि सामाजिक विभेद, अस्वीकृति तथा पहिचानको चुनौती सामना गर्दै आएको अल्पसङ्ख्यक समुदायका लागि उनको यो सफलता केवल एउटा पर्वतारोहणको विजय मात्र नभएर पहिचान, साहस, अद्वितीय सङ्घर्ष र समाजमा उच्च प्रतिनिधित्वको एक शक्तिशाली उदाहरण बनेको छ ।

नीलमले आफ्नो यस ऐतिहासिक र साहसिक अभियानका क्रममा नेपालकै प्रतिष्ठित ब्युटी ब्रान्ड ‘फेसियल हाउस’ को झण्डा र लोगो समेत सगरमाथाको चुचुरोमा पुर्याएकी थिइन् । अभियानमा मुख्य सहयोगी भूमिकामा रहेको फेसियल हाउसको ब्रान्डलाई विश्वकै सर्वोच्च बिन्दुमा फहराउँदै उनले साहस, समावेशिता, र व्यावसायिक सहकार्यको सुन्दर सन्देश प्रवाह गरेकी छिन् ।

नेपालका युवा, मानवअधिकारकर्मी तथा एलजीबीटीक्यू समुदायले यस ऐतिहासिक उपलब्धिलाई समानता र विविधताको पक्षमा देशकै एउटा महत्त्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन् ।

नीलमको आँट र हिम्मतको उच्च सम्मान

ऐतिहासिक सफलता हासिल गरेर फर्किएकी नीलम पौडेलको सम्मान र धन्यवाद ज्ञापनका लागि आज बुधबार काठमाडौंमा एक विशेष ‘धन्यवाद तथा बधाई कार्यक्रम’ आयोजना गरियो । सोही विशेष अवसरमा सगरमाथा हिमाल, नेपालको राष्ट्रिय झण्डा, र फेसियल हाउसको लोगो अंकित एक नौलो र आकर्षक डिजाइनको केक काटेर खुसीयाली मनाइएको छ ।

कार्यक्रममा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले निलमको साहसको खुलेर प्रशंसा गरिन् । ‘नीलम र मैले लामो समय सँगै सहयात्रा र सङ्गत गरेका छौँ । निलम र उनको आँट र साहसलाई धेरैले चिन्दैनन् तर, मैले उनको भित्री क्षमता र आँटलाई राम्ररी चिनेकी छु,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘उनीसँग अद्वितीय आँट र हिम्मत छ । त्यही अदम्य साहसले नै उनलाई आज सगरमाथाको शिखर चुम्ने दुर्लभ र ऐतिहासिक अवसर दिलायो ।’
फेसियल हाउसको साथ सधैँ स्मरणीय : नीलम पौडेल
सफलतापछि आफ्नो उत्साह र कृतज्ञता व्यक्त गर्दै आरोही नीलम पौडेलले आफ्नो सफलतालाई व्यक्तिगत जित मात्र नभई आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने समाजका हरेक व्यक्तिको साझा जित भएको उल्लेख गरिन् ।
आफ्नो फिल्मी यात्रा र सङ्घर्षका दिनहरू स्मरण गर्दै उनले भनिन्, ‘मलाई विगतमा पनि मैले गर्न आँटेका धेरै कठिन कामहरूमा फेसियल हाउस र प्रबन्ध निर्देशक सुष्मा महराले सधैँ दह्रो साथ र सहयोग दिनुभयो । उहाँको मन धेरै ठूलो छ । सगरमाथाको चुचुरोमा मसँगै फेसियल हाउसको झण्डा जानु हामी सबैका लागि गौरवको विषय हो ।’

उनले फेसियल हाउसले आफूलाई ‘ब्युटी टिचर’को रूपमा महत्वपूर्ण अवसर प्रदान गरेको स्मरण गरिन् । ‘सुष्मा महराको मन सफा भएकै कारण सगरमाथाको चुचुरोमा फेसियल हाउसको तस्बिर पनि स्पष्ट र सफा आएको छ । म मेरा सबै स्पोन्सरहरूलाई धन्यवाद दिन चाहान्छु । यस कार्यबाट मैले मेरो सम्पूर्ण एलजीबीटीक्यू समुदायलाई पनि गर्व महसुस गराउन सकेकी छु ।’
निलमको यस ऐतिहासिक सफलताले सगरमाथालाई केवल पर्वतारोहणको प्रतीकका रूपमा मात्र नभई, आफ्नो वास्तविक पहिचानका साथ गर्वपूर्वक बाँच्न पाउने मानवअधिकारको प्रतीकका रूपमा समेत नयाँ अर्थ दिएको छ ।

काठमाडौंको सुनधारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको उपत्यकाभित्र चाबहिल (केएल टावर), ललितपुरको लगनखेल (केएम कम्प्लेक्स) तथा उपत्यकाबाहिर पोखरा (ट्रेड मल), धनगढी (बसपार्क), नेपालगञ्ज (न्यूरोड), चितवन (सीजी ल्याण्डमार्क मल), सुर्खेत (न्यूरोड) र इटहरी (सेन्टर प्लाजा) मा शाखा सञ्चालनमा छ ।
उच्चस्तरीय, आधुनिक र विश्वासिलो सौन्दर्य सेवा प्रदान गर्दै आएको फेसियल हाउसले ग्राहक सन्तुष्टि, प्रशिक्षित जनशक्ति र निरन्तर नवप्रवर्तनमार्फत नेपाली सौन्दर्य उद्योगमा उदाहरणीय पहिचान स्थापित गरेको छ । पछिल्लो समय फेसियल हाउस रोजगारी सृजना, प्राविधिक शिक्षा प्रदान, आत्मनिर्भरता र महिला सशक्तिकरणको पर्याय समेत बनेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनप्राप्त फेसिल हाउस एकेडेमीले ‘बेसिक’देखि ‘डिप्लोमा’ तथा ‘मास्टर्स लेभल’सम्मका कक्षाहरू सञ्चालन गरी हरेक वर्ष करिब २०० जनालाई सिपमुलक तालिम प्रदान गर्दै आएको छ । साथै, फेसियल हाउसले अन्य विभिन्न कोर्षमा आधारित अतिरिक्त विशेष कक्षाहरू समेत सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्–