काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।
FACEBOOK COMMENTS