काठमाडौँ । जिम्बाबेले अस्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको छ । जारी टी–२० विश्वकपको समुह बी अन्तर्गतको खेलमा जिम्बाबेले अस्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको हो ।
श्रीलंकाको कोलम्बोमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको हो ।
जिम्बाबेका लागि ब्रियान बेन्नेटले अविजित ६४ रन बनाए भने ताडीवानाशे मारुमानी र रयान बुरीले ३५–३५ रन बनाएका थिए । त्यस्तै सिकन्दर राजाले अविजित २५ रन बनाएका थिए ।
त्यसैगरी अस्ट्रेलियाका बलर मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS