काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ गते हुने आम निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ ।
पृथ्वीपथलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरेको एक मात्र राजनीतिक दल राप्रपाले ‘अबको गन्तव्य : सवल, समृद्ध र समुन्नत नेपाल–पृथ्वी पथ’ नारा दिएर आज शनिबार घोषणापत्र सार्वजनिक गरेको हो ।
सबल, समृद्ध र समुन्नत नेपाल दीर्घकालीन सोच, पुँजी निर्माण, दिगो विकास, शिक्षा र स्वास्थ्यमा नि:शुल्क पहुँच, सामाजिक सुरक्षा, सामाजिक न्याय, समतामूलक समृद्धि, युवा केन्द्रित उत्पादनमुखी र व्यापक रोजगारीलाई दीर्घकालीन राष्ट्रिय लक्षको रूपमा अघि सारेको छ ।
यस्तै, वि.स. २०८७ सम्ममा मुलुकलाई मध्यम आयस्तरको देश बनाउने दीर्घकालीन मार्गचित्र तथा दिगो आर्थिक वृद्धि, गुणस्तरीय स्वास्थ्य र शिक्षा, गरिबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार, रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, प्राकृतिक स्रोतको उच्चतम सदुपयोग तथा संरक्षण र दिगो सामाजिक सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन राष्ट्रिय रणनीति अबलम्बन गर्ने उल्लेख गरेको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धनको निम्ति राष्ट्रिय सुरक्षा मूलनीति बनाइने पनि घोषणा पत्रमा उल्लेख छ ।

नेपाल समृद्धिका ६ आधारस्तम्भ

त्यस्तै, राप्रपाले आफ्नो घोषणापत्रमा जलस्रोत/जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासन, विदेशमा बस्ने नेपालीको सिप र पुँजी तथा निजी क्षेत्रलाई नेपाल समृद्धिका मुख्य ६ आधारस्तम्भका रूपमा अघि सारेको छ ।


FACEBOOK COMMENTS