काठमाडौं । झापा– ५ का लागि नेकपा उम्मेदवार रन्जित तामाङले ७ मिसन र ३५ भिजन सहितको चुनावी भिजन पेपर सार्वजनिक गरेका छन् ।
परम्परागत रुपमा घोषणापत्र भनिने प्रतिवद्धतापत्रलाई उनले ‘भिजन पेपर’ भनेका छन् । आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमा तामाङले आफ्नो २१ लक्ष्य र १७० गौरव आयोजना सहितको ‘भिजन पेपर’ सार्वजनिक गरेका हुन् ।
तामाङले सात मिसन मध्ये हिलोमा शिक्षा, दोस्रोमा स्वास्थ्य, तेस्रोमा कृषि, उद्योग, व्यावसाय चौथोमा भौतिक पुर्वाधार समेटेका छन् । त्यस्तै उनको पाँचौँ मिसनमा रोजगारी, छैटौं मिसनमा सुशासन र सार्वजनिक सेवा प्रवाह र सातौं मिसनमा सामाजिक समावेशीकरण, संस्कृति र वातवरणलाई अगाडि सारेका छन् ।
आफ्नो ‘भिजन पेपर’मा तामाङले गुणस्तरीय र प्राविधिक शिक्षा: समग्र शिक्षाको समीक्षा, पहुँचयोग्य र भरपर्दो उपचार: नागरिकको मौलिक अधिकार, आवश्यक र अत्याधुनिक पूर्वाधार स् नमूना क्षेत्रको विकासको आधार जस्ता नारा दिएका छन्।
यसैगरी, भिजन पेपरमा तामाङले भ्रष्टाचारमुक्त प्रशासन: इमान्दार नेतृत्व र सुशासन, नेपाली जाति स् समृद्धिको साथी , युवालाई काम: क्षेत्रको पहिचान, कृषि र बजार: उद्योगको आधार लगायतका नारा अन्तर्गत विभिन्न आयोजना र कार्यक्रम अघि सारेका छन्।

भिजन पेपरमा भुमिहिन सुकुम्वासीको समस्या समाधान गर्ने, अधुरो रवि(चिसापनी सडक पुरा गर्ने, आदिवासी जनजाति स्मृति रंगशाला पुरा गर्ने, औद्योगिक कोरिडोर अघि बढाउने लगायतका १७० गौरवका आयोजना अघि सारिएको मस्यौदा समितिका संयोजक रमेश गुरागाईँले जानकारी दिए।

FACEBOOK COMMENTS