काडमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने सुरूवातमा गर्ने ११ काम सार्वजनिक गरेको छ।
शुक्रबार एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको घोषणापत्रमा एमालेले पहिलो मन्त्रिपरिषद् बैठकबाट समयसिमा तोकेर सम्पन्न गर्ने ११ वटा काम सार्वजनिक गरेको हो।
यस्तो छ एमालेले समय तोकेर गर्ने ११ काम–
१. १० जिबी इन्टरनेट डाटा
१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
२. युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड
सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पाद तथा निर्यात प्रवद्र्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैङ्क कार्ड उपलब्ध गराउने घोषणा एमालेले गरेको छ।
यस सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई (ब्क्ष्), कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने घोषणापत्रमा उल्लेख गरेको छ।
एमालेले विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थ बनाउने घोषणा गरेको छ।
३. वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा ५ हजार र सामाजिक सुरक्षामा निरन्तरता
वैदेशिक रोजगारीमा गएर देशमा विप्रेषण पठाइरहेका श्रमिकको सम्मानस्वरूप उनीहरूको बैङ्क खातामा वार्षिक ५ हजार थप गरिदिने घोषणा एमालेले गरेको छ। वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्ध गर्ने उसको प्रतिबद्धता छ ।
४. विद्यार्थीलाई २० लाख निव्र्याजी ऋण; पारिश्रमिकसहितको इन्टर्नशीप
प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु. २० लाखसम्म निव्र्याजी ऋण उपलब्ध गराउने घोषणा एमालेले गरेको छ।
सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको प्रबन्ध गर्ने पनि उसको घोषणा छ।
५. सबै विद्यालयका किशोरीलाई नि:शुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई खाजा
सबै विद्यालयका किशोरीहरूका लागि नि:शुल्क प्याड सहजरूपमा उपलब्ध गराउने एमालेले घोषणा गरेको छ । १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने पनि उसको प्रतिबद्धता छ।
६. श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार
श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक रु २५ हजार पुरÞ्याउने उसको घोषणा छ। नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
७. शिक्षकको मर्यादा र सामाजिक सुरक्षा
एमालेले शिक्षकको मर्यादाक्रम तोक्ने निर्णय गरेको छ। सामुदायिक तथा निजीलगायतका सबै विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
८. स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा
विश्व स्वास्थ्य संगठनले समेत सम्मान गरेका स्वास्थ्य स्वयंसेविकाहरूलाई थप प्रोत्साहित गर्न वार्षिक रूपमा प्रदान गरिंदै आएको भत्ता बढाएर रु २० हजार पुरÞ्याउने घोषणा गरेको छ। सबै स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने उसको प्रतिबद्धता छ।
९. २० लाखसम्म उद्यमी महिला निव्र्याजी ऋण, २० हजार सुत्केरी महिला भत्ता र ५ लाखको नि:शुल्क जीवन बीमा
महिला उद्यमशीलता विकास गर्न बैङ्क तथा वित्तीय संस्थामार्फत् २० लाखसम्मको उद्यमी महिला निव्र्याजी ऋण सुविधा सहजढंगले प्रदान गर्ने घोषणा एमालेले गरेको छ। व्यवसाय र ऋणको नि:शुल्क बीमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिंदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने घोषणा गरेको छ । घट्दो जनसंख्या बृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने र गर्भवती महिलाका लागि ५ लाखसम्मको जीवन बीमा नि:शुल्क गर्ने लगायतका काम समय तोकेर सम्पन्न गर्ने उसको घोषणा छ।
१०. २५ हजारसम्मको ऋण मिनाह, सामाजिक सुरक्षा
राज्यद्वारा गरीब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैङ्क तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्नेछौं। यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने संकल्प गरेको छ।
११. सुरक्षाकर्मीको सम्मान र कल्याण
राष्ट्रको सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सम्मान र कल्याण सुनिश्चित गर्ने घोषणा गर्नेछ। पेशागत मर्यादा, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्दै उनीहरूको ह र हित संरक्षण गर्ने उसको प्रतिबद्धता छ।
FACEBOOK COMMENTS