काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स ब्युटी सैलुन फेसियल हाउसले विगतमाझैं यो वर्ष पनि होली थिममा आकर्षक ‘फोटो सुट’ गरेको छ ।
होली पर्वको अवसरमा ‘नेपालको मौलिक संस्कृति हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ फेसियल हाउसले आफ्ना विद्यार्थीहरूसँग विशेष सांस्कृतिक ‘फोटो सुट’ गरेको हो ।
नेपाली कला, संस्कृति र मौलिक पहिचान जोगाउने उद्देश्य राखेर हरेक वर्षझैं यो वर्ष पनि ‘फोटो सुट’ गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् । उनका अनुसार नेपालको मौलिक संस्कृति जोगाउनु हामी सबैको दायित्व हो । त्यसैले हरेक पर्वलाई उत्साह, सद्भाव र पहिचानसँग जोड्दै मनाउन यस्ता सिर्जनात्मक गतिविधि आवश्यक छन् । यही सोच अनुसार होलीको अवसरमा सबै जातजातिको भेषभूषालाई समेट्दै फेसियल हाउसले सांस्कृतिक ‘फोटो सुट’ गरिएको महराले बताइन् ।
फोटो सुटमा विशेषगरी नेवारी, क्षेत्री, थारु लगायत विभिन्न समुदायका परम्परागत पोसाकमा विद्यार्थीहरूले तस्बिर खिचाएका छन् । रङ्ग, पहिरन र भावनाको सुन्दर संयोजनले नेपाली समाजको विविधता, समावेशिता र एकतालाई सशक्त रूपमा प्रस्तुत गरेको देखिन्छ । ‘कला र संस्कृतिले नै हाम्रो पहिचान बनाउँछ र देशलाई चिनाउँछ,’ वरिष्ठ सौन्दर्यविद् समेत रहेकी प्रबन्ध निर्देशक महराले भनिन्, ‘त्यसैले यसलाई जगेर्ना गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’
वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जन्माएर हुर्काएको फेसियल हाउसमा उनको २८ वर्षदेखिको निरन्तरता र समर्पणको सुगन्ध छ । फलस्वरूप देशकै नम्बर वान ब्राण्ड बनेको फेसियल हाउस वयस्क बनेसँगै रोजगारी सृजना, प्राविधिक शिक्षा प्रदान, आत्मनिर्भरता र महिला सशक्तिकरणको पर्याय समेत बनेको छ ।

काठमाडौंको सुन्धारास्थिति काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ । उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरेको छ ।

उच्चस्तरीय, आधुनिक र विश्वासिलो सौन्दर्य सेवा प्रदान गर्दै आएको फेसियल हाउसले ग्राहक सन्तुष्टि, प्रशिक्षित जनशक्ति र निरन्तर नवप्रवर्तनमार्फत नेपाली सौन्दर्य उद्योगमा उदाहरणीय पहिचान स्थापित गरेको छ ।

हेर्नुहोस् तस्बिरहरू–


FACEBOOK COMMENTS