काठमाडौँ । ताप्लेजुङबाट नेकपा एमालेका युवा नेता क्षितिज थेबे विजयी भएका छन् । थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका खेल प्रसाद बुडाक्षेत्रीले ६ हजार ७७५ मत प्राप्त गरेका छन् ।
यो यस निर्वाचनमा एमालेको चौथो जित हो । यस अघि बाँके-२ बाट मोहमम्द इश्तियाक राई, बझाङ-१ बाट ऐन बहादुर महर, र दैलेख-२ बाट लक्ष्मी प्रसाद पोखरेल विजयी भएका छन् ।
FACEBOOK COMMENTS