काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष तहका धेरै उम्मेदवार पराजित भएको अवस्थामा पनि केही क्षेत्रमा भने एमालेले सम्मानजनक उपस्थिति कायम गरेको छ ।
देशका विभिन्न नौ निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । तीमध्ये सात क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेको छ भने दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई पछि पार्दै एमालेले जित हात पारेको हो ।
समग्र चुनावी परिणाममा एमाले अपेक्षाकृत कमजोर देखिए पनि यी नौ क्षेत्रका उम्मेदवारले पार्टीको साख जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन् । बाँके, इलाम, दार्चुला, बझाङ, धनकुटा, संखुवासभा, ताप्लेजुङ, दैलेख र अछामका केही क्षेत्रमा एमाले उम्मेदवारले प्रतिस्पर्धी दललाई हराउँदै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन् ।
विशेषगरी बाँके–२ र संखुवासभा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउँदै एमालेले जित निकालेको छ भने बाँकी सात क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।
हेर्नुहोस् प्रत्यक्ष निर्वाचित एमालेका नौ सांसदको सूची–

| क्र.सं | उम्मेदवार (एमाले) | क्षेत्र | प्राप्त मत | निकटतम प्रतिस्पर्धी | पार्टी | प्राप्त मत |
| 1 | मोहम्मद इश्तियाक राई | बाँके–२ | २४,६८२ | विवेककुमार श्रेष्ठ | रास्वपा | १८,५७२ |
| 2 | सुहाङ नेम्वाङ | इलाम–२ | २३,४२६ | भेषराज आचार्य | नेपाली कांग्रेस | १४,६९० |
| 3 | गणेश सिंह ठगुन्ना | दार्चुला–१ | १८,६९१ | धामानन्द जोशी | नेपाली कांग्रेस | १५,८३६ |
| 4 | ऐनबहादुर महर | बझाङ–१ | १८,५४३ | प्रकाश सापकोटी सेढी | नेपाली कांग्रेस | १६,३०४ |
| 5 | राजेन्द्रकुमार राई | धनकुटा–१ | २०,३३२ | दिनेश राई | नेपाली कांग्रेस | १४,२५७ |
| 6 | अर्जुनकुमार कार्की | संखुवासभा–१ | १६,६६६ | बिन्दा नेपा | रास्वपा | १५,००० |
| 7 | शिवराज देवे | ताप्लेजुङ–१ | १३,९६२ | गजेन्द्रबहादुर तुम्बाहाम्फे | नेपाली कांग्रेस | ११,९९१ |
| 8 | लक्ष्मीप्रसाद पोखरेल | दैलेख–२ | १३,६८८ | दीपेन्द्रकुमार शाह | नेपाली कांग्रेस | ९,५५२ |

FACEBOOK COMMENTS