काठमाडौँ । चलचित्र ‘मुक्तिपुर’को छायाङ्कन सुरु भएको छ । वसुन्धरामा अवस्थित इन्द्रायणी मन्दिरमा चलचित्रको शुभमुर्हूत गर्दै छायाङ्कन सुरु गरिएको हो ।
सुनिल पाण्डेको निर्देशन रहने चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने लागेको हो ।
नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको अभिनय रहने चलचित्रबाट अभिनेत्रीको रूपमा आकृति बुढाथोकी डेब्यु गर्दैछिन् ।
विजय राजवंशी र रोशन पासवान निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह – निर्माता छन् । सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको चलचित्रमा सम्राट् बस्नेत द्वन्द्व निर्देशक रहँदा छायाङ्कन शरद महतोको रहनेछ ।
क्राइम रिभेञ्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा बोल्नेछ । ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्त्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात् उसले गर्ने सङ्घर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भने ।

कार्यक्रममा अभिनेता नाजिर हुसैनले ’मुक्तिपुर’ आफ्नो करियरको महत्त्वपूर्ण इट्टा रहने आत्मविश्वाससहित चलचित्रमा जोडिएको बताए । ‘हरेक चलचित्र मेरो लागि नयाँ होस् भन्ने चाहन्छु, उनले भने, यो चलचित्रले मेरो विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकलाई पस्किनेछ ।’

म्युजिक भिडियो अभिनयको अनुभव सँगालेकी बुढाथोकीले ठुलो पर्दाको अभिनयलाई उत्साहित रहेको बताइन् । ४० दिनको छायाङ्कन तालिकासहित फ्लोरमा निस्किएको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

FACEBOOK COMMENTS