काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
आज बसेको न्याय परिषद्को बैठकले १८ चैतदेखि रिक्त हुन लागेको प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश पाउँदेछन् ।
परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू हरि फुँयाल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् ।
संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुनेछ ।

FACEBOOK COMMENTS