काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म १ करोड ७ लाख २० हजार ५६७ मत गणना भएको छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा एमालेले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । मतगणना जारी छ ।
FACEBOOK COMMENTS