काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल्चेमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा एन्टोनियो रुडीगेर, फेडेरिको भलभर्डे, डीन हुजीसेन र अर्दा गुलेरले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एक गोल रियल म्याड्रिडका म्यान्युएल एंगलले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६७ अंक रहेको छ ।
त्यसैगरी एल्चेको भने २८ खेलमा २६ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS