काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण गर्ने जानकारी दिएका छन् । साथै उनले सबै संसदहरुलाई सोही अनुसार तयारी अवस्थामा रहन आग्रह गरिएको बताएका छन् ।
भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाका प्रत्यक्षतर्फ १२५ जना निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ५७ जना छानिएका छन् ।
FACEBOOK COMMENTS