काठमाडौं । जय ट्रफीको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२८ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो तथा अन्तिम दिन आज पुलिसले उपाधि जित्न २२८ रनको लक्ष्य सहित ब्याटिंग समेत शुरु गरेको छ ।
फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो ।
यसअघि लिगमा आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका थिए ।
जय ट्रफीको अघिल्लो सिजन नेपाल पुलिस क्लबले जितेको थियो ।

FACEBOOK COMMENTS