माधब पौडेल
तनहुँ, ०७ भाद्र – तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा भेन्टिलेटर सहितको आईसोलेशन निर्माणको लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ । जिल्लाबासीले ठुलो अस्पतालको खाँचो महशुश गर्दै गर्दाको अवस्थामा संघिय सरकारबाट उक्त रकम विनियोजन भएको हो ।
तनहूँका सांसदद्वय कृष्णकुमार श्रेष्ठ ( किसान ) र भगवती न्यौपानेको विशेष पहलमा उक्त रकम विनियोजन भएको हो । सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट दमौली अस्पताललाई १० बेडको ४ भेन्टिलेटर सहित आइसोलेशन निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गर्न आफु सहित अर्का सांसद श्रेष्ठले अनुरोध गरेकोमा सोको सुनुवाइ भएको राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले बताईन । कोभिड–१९ को प्रभावले देशभरि संक्रमितको संख्या निकै धेरै बढिरहेको अबस्था र तनहुँ जिल्लामा पनि संक्रमितको संख्या बढ्दै गएको स्थितीमा तनहुँका जनताप्रतिको चासो र उत्तरदायीत्वको कारण आफुहरुले भेन्टिलेटरको व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयमा विशेष अनुरोध गरको पनि सांसद न्यौपानेले जनाईन ।
कोरोनाको संक्रमण बढिरहेको समयमा संघीय सरकारले गरेको निर्णयले कोरोना बिरामीलाई उपचारमा सहज हुनुका साथै दमौली अस्पतालको विकासको लागि टेवा पुग्ने सांसद न्यौपानेले विश्वास व्यक्त गरिन । त्यस्तै तनहुँ क्षेत्र नम्बर १? बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले दमौली अस्पतालको स्तर उन्नतिको लागि आफु सधै लागिरहने वाचा रहेको छ । दमौली बजारका सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भइसकेका कारण पर्याप्त जग्गा नभएर दमौली अस्पताल आवश्यकता अनुरुप बिस्तार हुन सकिरहेको छैन । आउदा दिनमा जिल्लाको आवश्यकतालाई मध्यनजर गर्दै दमौलीका सार्वजनिक जग्गा खोजबिन गरि अस्पताललाई स्थापित गर्ने कि अन्यत्र स्थानान्तरण गर्ने राजनीतिक नेतृत्व सामु चुनौती बढिरहेको छ ।
FACEBOOK COMMENTS