काठमाडौं । गरिमा क्यापिटलले निष्कासन गरेको खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो ।
क्यापिटलले फागुन २८ गतेदेखि इकाई निष्कासन गरेको छ । १ अर्ब रुपैयाँ रहेको इकाईमा क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई निष्कासन गरेको छ ।
कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई, ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई छुट्याएको छ । क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।
यो योजनामा न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने छ ।
गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल रहेको छ । इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

FACEBOOK COMMENTS