काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ ।
आज शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार तल्लो तह प्रहरी जवानदेखि उच्च पद डीएसपीसम्मको भर्ना प्रक्रिया एकैपटक सुरू गरिएको छ ।
सूचनाअनुसार प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा भर्ना खुलाइएको छ भने इन्जिनीयरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक र अटोमोबाइल क्षेत्रमा भर्ना खुलाइएको छ ।
यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।
प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ देखि वैशाख २४ गतेसम्म आवेदन बुझाउन भनिएको छ ।

साथै, प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ देखि वैशाख ३१ गतेसम्मको समय दिइएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–