काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पीएम कपमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच जनकपुरमा खेल हुँदैछ ।
जारी पीएम कपमा बागमती प्रदेशको ८ खेलमा ८ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ । बागमती प्रदेश फाइनलको दौडबाट बाहिरिएको छ भने अर्को बर्ष हुने जय ट्रफिमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको ७ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेष्णबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा गण्डकी प्रदेशको ८ खेलमा ७ अंक रहेको छ र यो खेल जितेमा शिर्ष ६ स्थानमा पर्ने सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेशको भने ८ खेलमा ३ अंक मात्र रहेको छ ।
एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् ।

पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।
