काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छिन् ।
आज साँझ भएको भेटमा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए ।
उनले निजी क्षेत्रलाई थप अवसर प्रदान गर्न र लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत सहजता आवश्यक रहेको उल्लेख गरे ।
उनले अहिले कम्पनी दर्ता गर्ने प्रक्रिया निकै झन्झटिलो रहेको, कम्पनी बन्द गर्न पनि त्यस्तै समस्या रहेको भन्दै त्यसलाई सहजिकरण गर्न आग्रह गरे ।