काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको १ सयले बढेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ५२५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२२० मा कारोबार भएको थियो ।