काठमाडौं, भदौ ११ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १३.६८४५ लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.५० प्रतिशत बोनस र ४.१८४ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । कम्पनीले ७ करोड ६० लाख७० हजार ४५४ रुपैयाँ बराबरको बोनस वितरण गर्ने जनाएको छ । ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद बाँड्नेछ ।
फर्स्टको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस सेयर वितरणपछि पुँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS