काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेको छ ।
सम्पत्ति विवरणसम्बन्धी विषयका कारण विवादमा आएका गुरुङबारे सोमबार धारणा सार्वजनिक गर्दै कांग्रेस उनीमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको हो ।
‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ ।
यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो’, जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’
विज्ञप्तिमा अगाडि उल्लेछ, ‘अत: नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ– गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् ।’


