काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले कार्यभार सम्हालेका छन् ।
ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलम समक्ष शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् ।
उनको कार्यकाल २ वर्षको हुनेछ । कार्यभार सम्हाले लगत्तै उनले दक्षिण एसियाली क्षेत्रको समृद्धि, व्यापार प्रवर्द्धन र क्षेत्रीय सहकार्यलाई मजबुत बनाउनेतर्फ लाग्ने बताए ।

नेपालबाट २१ जना उद्योगी व्यवसायीहरूले सार्क च्याम्बरको कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । नेपालतर्फबाट उपाध्यक्षमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल चयन भएका छन् भने सदस्यहरुमा महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघकै वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, एसोसिएट तर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठ चयन भएका छन् ।
