काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।
सानेपामा सोमबार अनुशासन समिति संयोजक तारामान गुरूङको अध्यक्षतामा बसेको बैठकले पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।