काठमाडौं, भदौ १२ – मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो ती महिलालाई नागरिक कम्युनिटी अस्पताल गठ्ठाघर ल्याइपुर्याउँदा मृत्यु भइसकेको र पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बताइन् ।
मृतक महिलाको हेल्थ हिस्ट्री सोध्दा कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गराएको र बिहीबार राति नै संक्रमण पुष्टि भएको उनले बताइन् । मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी भएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सकसहित ५ स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको समेत तिमल्सिनाले बताइन् ।
FACEBOOK COMMENTS