काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, बीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निजिव बीमा, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी प्राइम डिभेन्चारको शेयर ४.५९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको २७ करोड ३८ लाख र रिलायन्स स्पिनिग मिल्सको २४ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।