काठमाडौं, भदौ १२ – एउटा कुखुराको भालेको मुल्य कति पर्ला ? सामन्यतः आउँने जवाफ हो, लोकल भए प्रतिकिलो करिब सात सय र ब्रोइलरको ३ सयदेखि ३ सय ५० रुपैंयासम्म । तर, दाङमा एउटै भालेको २० हजारदेखि १ लाख रुपैंयासम्म पर्छ ।
सुन्दा आश्चर्य लाग्न सक्छ, एक लाख रुपैंयाको कुखुराको भाले कत्रो होलारु तर आत्तिनु पर्दैन्, यतिमहंगा कुखरा मासुका लागि किनबेच हुन्नन् । यि त लडाकु भाले हुन् । राणाशासनका बेला दरबारमा शोखका रुपमा पालिने लडाकु जातका कुखुरा अहिले पनि दाङमा व्यवसायिक रुपमै पालिन्छ । शौखिनहरुले महंगै मुल्य हालेर किन्छन पनि ।
लडाकु जातको भएकैले यीकुखुरालाई फाईटर भालेका रुपमा चिनिन्छ । सानैदेखी क्याल्सियम र पोषिलो खाना खुवाउनुका साथै खुट्टा, घाँटी, छाती र पखेटा मालिस गरेर भालेलाई आक्रामक र लडाकु बनाइन्छ । भाले परिपक्व भएपछि उत्तेजक र लडाकु बनाउन अध्यारो खोरमा राख्ने चलन छ । यसरी तयार हुने भाले अरुसँग जुध्दा बढी आक्रमक हुन्छन् ।
घोराहीका तीनजना युवाहरु मिलेर संचालन गरेको दाङ असिल नेपाल र्फममा व्यवसायिक रुपमा लडाकु प्रजातिका कुखुराहरु बिक्रीहुँदै आएको छ । भालेका शौखिन तथा लडाइामा इच्छुक व्यक्तिले फाइटर जातका कुखुराहरु दाङमै २० देखि ५० हजार सम्ममा किन्छन । फाइटर भाले अन्य कुखुराका तुलनामा आकर्षक र अग्लो कदको देखिन्छ ।
फाइटर भालेलाई प्रतिष्प्रर्धा गराउन ठाउँ-ठाउँमा भाले जुँधाइ आयोजना गरि मनोरञ्जन लिनेदेखि बाजी थाप्ने थुप्रै भेटिन्छन् । काठमाडौं पोखरा, बुटवल धनगढीसम्मबाट भाले किन्नेहरु दाङमै पुग्छन् । यसले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । बधिया कुखुरा उत्पादनमा चिनिएको दाङ अहिले फाईटर भाले पाईने ठाउँको रुपमासमेत प्रख्यात हुँदै गएको छ ।
FACEBOOK COMMENTS