काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग– २ अन्तर्गत युएईविरुद्ध खराब शुरुवात गरेको छ ।
टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले १७ ओभरको खेल सकिदा शिर्ष चार विकेट गुमाएर ७२ रन बनाएको छ ।
नेपालको शिर्ष क्रमको ब्याटिंग फेरी एक पटक असफल भएको छ । ओपनर कुशल भुर्तेलले २४ रन बनाएर आउट भए भने आसिफ सेख ७, भीम सार्की १० र कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए ।
यो समाचार तयार गरुन्जेल अहिले बसिर अहमद र दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन् । त्यस्तै युएईका बलर अजय कुमार र खुजैमा तनवीरले २–२ विकेट लिएका छन् ।
युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

