काठमाडौँ । थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ । उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।
सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ । दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु गएिको हो ।
यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो । थापाथलीको बस्ती भत्काइसकेपछि सिनामंगलमा डोजर चलाउन थालिएको हो ।